काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भइरहेको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उहाँहरूबीच गण्डकी प्रदेश सरकारको पूर्णता, सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।