काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालको प्रस्तावको पक्षमा २६८ मत रहेको छ भने विपक्षमा दुई मत रहेको छ । तटस्थमा कुनै मत रहेन ।

नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान अनुसार उहाँले आजको संसद बैठकमा विश्वासको मत लिनु भएको हो ।