काठमाडौं – जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतको प्रस्ताव माथि मतदानको आधारमा मत विभाजनका हुने भएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावमाथिको छलफलपछि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले जवाफ दिएसँगै सांसदहरूको दस्तखतसहित मत विभाजनका लागि रुलिङ गर्नुभएको छ ।
मत विभाजनका लागि संसद्मा पक्ष र विपक्षमा रहेका सांसदहरूलाई फरक फरक स्थान छुट्याइएको छ । अहिले विश्वासको मतको मतदान सुरु भएको छ ।