रासस तस्वीर
काठमाडौं — नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च ¥याली’ आज काठमाडौं आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज बिहान काठमाडौं आइपुगेको हो ।

गोरखाबाट हिँडेको उक्त टोली धादिङको भ¥याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौं आइपुगेको हो । काठमाडौं आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिनुभयो ।

काठमाडौं आइपुगेको उक्त ¥याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताउनुभयो । ¥यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर ¥यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।