उलान बातोर — मङ्गोलियाले सन् २०२२ मा कुल दुई लाख ९० हजार चार सय विदेशी पर्यटकलाई स्वागत गरेको छ । पर्यटन क्षेत्रबाट ३५ करोड अमेरिकी डलर आम्दानी गरेको वातावरण तथा पर्यटन मन्त्रालयले मङ्गलबार जनाएको छ ।
सन् २०२१ कोभिड–१९ को महामारीका कारण मङ्गोलियामा विदेशी आगन्तुक आगमनको सङ्ख्या मा ३३ हजार मात्रै घटेको पनि मन्त्रालयले जनाएको छ । मङ्गोलियाले महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न विभिन्न उपायहरू गरिरहेको मन्त्रालयले थप जानकारी दिएको छ ।
विशेष गरी सरकारले हालै ३४ देशका नागरिकलाई सन् २०२५ को अन्त्यसम्म ३० दिनसम्मको भिसामा छुट दिने निर्णय गरेको छ । मङ्गोलियाले सन् २०२३ र २०२४ लाई ‘मङ्गोलिया भ्रमण गर्ने वर्ष’ को रूपमा घोषणा गरेको छ र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सन् २०२३ मा ९० भन्दा बढी कार्यक्रमहरू आयोजना गर्ने अपेक्षा गरिएको छ । यसवर्ष कम्तीमा १० लाख विदेशी पर्यटकलाई स्वागत गर्ने र एक करोड आम्दानी गर्ने लक्ष्य मुलुकको रहेको बताइएको छ । रासस