काठमाडौं – सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक सरेको छ । अहिले ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको सङ्घीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष कारणबस बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।

नेपाली काङ्ग्रेसको आग्रहमा बैठक सारिएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मत दिने बारे निर्णय गर्न काङ्ग्रेसले बिहान ९ बजे संसदीय दलको बैठक बोलाएता पनि अहिलेसम्म सो बैठक सुरु हुन सकेको छैन ।

nitice2