फाइल तस्वीर


काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक शीर्ष नेताका अनुसार यो निर्णय अब केहीबेरमा बस्ने संसदीय दलको बैठकबाट अनुमोदन हुने छ । उहाँले भन्नुभयो–विश्वासको मत दिने भइयो ।
अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।