काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने–नदिने निर्णय लिन आज समाजवादी पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री दाहालले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली काङ्ग्रेसलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । काङ्ग्रेसले पनि यसबारे निर्णय लिन अहिले बिहान पदाधिकारी बैठक बोलाएको छ ।