काठमाडौं – प्रतिनिधिसभाको बैठक सङ्घीय संसद्को अधिवेशन बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ । उक्त बैठकमा दलका शीर्ष नेताहरुको सम्बोध जारी छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन आजबाट सुरु भएको हो ।