काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त भएको बताउनुभएको छ । उहाँले आज सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै ‘प्रचण्ड’ ले विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको हो ।
आफूहरूले देश र जनताको लागि काम गर्नुपर्ने प्रमुख जिम्मेवारी रहेको बताउँदै एमालेका अध्यक्ष केपी शर्मा ओलील भन्नुभयो, ‘हामीसँग आज धेरै चुनौतीहरू छन् । गम्भीर शिक्षा लिनुपर्छ ।’
नयाँ दल र सांसदलाई बधाई तथा शुभकामना दिँदै उहाँले भन्नुभयो– ‘प्रचण्डले विश्वासको मत प्राप्त गर्नुहुनेछ भन्नेमा ढुक्क छु । जनताले परिवर्तनको अपेक्षा गरेका छ्न् । यसको अभिभारा नयाँ सरकारलाई जान्छ ।’