फाइल तस्वीर
काठमाडौं– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई आग्रह गर्नुभइको छ । सङ्घीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्नुभएको हो ।
काङ्ग्रेसका सभापति देउवाले लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक रहेकाले आफू नेतृत्वको सरकारले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष रुपमा गरेको बताउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारको सफल कार्यकालको शुभकामना समेत दिनुभयो ।
विशेष परिस्थितिमा १८ महिनाअघि आफूले सरकारको नेतृत्व सम्हालेको स्मरण गराउँदै उहाँले प्रचण्ड नेतृत्वको सरकार र सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गर्नुभयो ।