काठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभातर्फको पहिलो बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार आज सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने छ ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुनेछ ।