काठमाडौं – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आज आइतबार काठमाडौँ आउनुभएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन् सोङ कार्यभार सम्हाल्न काठमाडौँ आउनुभएको हो । होउ यान्छीको कार्यकाल सकिएपछि चीनले सोङलाई राजदूत बनाइ पठाएको हो ।
नवनियुक्त चिनियाँ राजदूत सोङ केहि दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै उहाँले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ । सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल समेत भइसक्नुभएको छ ।
नवनियुक्त राजदूत सोङ चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका डेपुटी डाइरेक्टर जनरल (डिडिजी) समेत रहेका थिए।