फाइल तस्वीर


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । बैठक केहीबेरपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको हो ।

दलको बैठकमा प्रधानमन्त्रीले २६ पुसमा लिने विश्वासको मत र संसदलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल हुने बताइएको छ । पार्टीभित्र छलफल गरेर सत्ता गठबन्धनमा प्रदेशको नेतृत्व बाँडफाँड गर्ने विषयमा पनि छलफल गर्नेगरी प्रचण्डले सांसदहरुसँग छलफल गर्न लागेको स्रोतले बताएको छ ।