फाइल तस्वीर

काठमाडौं – नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा अहिले बिहान ११ बजेदेखि बैठक सुरु हुने भएको हो ।

बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकतालगायत विषयमा मुख्य रुपमा छलफल हुने छ । समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

साथै सम्वादको लागि सम्वाद समिति पनि गठन नेसपाले गठन गर्ने गर्नेछ । समाजवादी ध्रुवीकरणको विषय, पार्टीको सङ्गठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीतिलगायत एजेण्डाहरूमाथि पनि बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख पाण्डेले बताउनुभयो ।