काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने/नदिनेबारेमा छलफल हुने बताइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ । पार्टीले न्युनतम साझा कार्यक्रम हेरेर मात्र समर्थन गर्ने कि विपक्षमा बस्ने निर्णय गर्ने सो पार्टीले बताउँदै आएको थियो ।