काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विभाग विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा अहिले बिहानको मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।