फाइल तस्वीर


ललितपुर – ललितपुरको पुल्चोकस्थित नेपालको एउटैमात्र होमियोप्याथिक अस्पताल ‘पशुपति होमियोप्याथिक अस्पताल’ जनशक्तिको र भौतिक संरचनाको अभावले बिरामीको उपचारमा कठिनाइ उत्पन्न भएको छ । दिनहुँ तीन सयभन्दा धेरै बिरामीहरु उपचार गर्न आउने यस अस्पतालमा एलोपेथिक र आयुर्वेदिक औषधि सेवन गरेर रोग निको नभएका विभिन्न रोगका बिरामीहरु उपचारको आकर्षणको थलो बनेको छ । आधुनिक चिकित्सा पद्धति र आयुर्वेद चिकित्सा पद्धतिभन्दा फरक किसिमको यो चिकित्सा पद्धतिबाट बिरामीहरुको उपचार प्रभारकारी रुपमा हुँदै आएको चिकित्सको भनाइ छ ।


यस अस्पतालमा छाला रोगका बिरामीहरु, हाई ब्लड प्रेसर, मधुमेय, मृगौला र पित्त थैलीमा पत्थरी भएकाहरु, पिनासका बिरामीहरु, ग्यास्ट्रिक बाथ, नसा, पाठेघरमा समस्या भएका बिरामीहरु उपचार गर्न आइरहन्छन् । एलोपेथिक र आयुर्वेदिक औषधि सेवन गर्दा गर्दा निको हुन नसेका बिरामीहरु अन्तिम विकल्प खोज्दै पशुपति होमियोप्याथिक अस्पताल’ मा पुग्ने गरेका भेटिन्छन् । अस्पतालमा भेटिएका बिरामीहरु यहाँको औषधि सेवन गरेपछि आफुहरुलाई निको भएको बताउँछन् । यहाँ उपचार गराउन आउनु बिरामीहरुले स्वास्थ्य जाँच गर्दादेखि औषधि लिंदासमेत कुनै शुल्क तिर्नु पर्दैन ।

होमियोप्याथिक चिकित्सा पद्धति र यस अस्पतालमा आउनु बिरामी र अस्पतालले निःशुल्क वितरण गर्ने औषधिका बारेमा यस अस्पतालका चिकित्सक डा. दिलिप पाण्डे यसो भन्नुहुन्छ ।