काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले आजको संसदीय दलको बैठकमा सामान्य विषयमा मात्रै छलफल भएको बताउनुभयो । आज पहिलो बैठक भएकाले आगामी २६ पुसमा हुने संसद्को पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयले पनि प्रवेश पाएको बताउनुभएको हो ।
उहाँले काङ्ग्रेस ठूलो पार्टी भएका हिसाबले सरकारको विभिन्न तहमा हिस्सेदारी, सरकारमा सहभागिताका विषयमा विभिन्न दलहरूसँग छलफल पनि भइरहेको बताउनुभयो । यसका लागि काङ्ग्रेसले आफ्ना कुरा राख्दै आएको बताउनुभयो ।
उहाँले अहिले विभिन्न दलहरू सांसद बोकेर पसल थापिरहेको र यसमा काङ्ग्रेसले आफ्नो निर्णय सुनाइरहेको बताउनुभयो । संसदीय दलको बैठकबाट बारिने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा नरहे पनि कांग्रेसको भूमिका नघट्ने बताउनुभयो । उहाँले बोका मोटाए पनि हजार धार्नी हात्ती दुब्लाए पनि हजार धार्नी भनेर व्यङ्ग पनि गर्नुभयो । उहाँले आगामी बैठक २६ पुस बिहान बस्ने छ ।