काठमाडौं –सरकारले सात सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अक्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायहरूका सचिवहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार अर्थमन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) तोयम रायालाई अर्थ सचिवमा सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा.राम प्रसाद घिमिरेलाई राजश्व सचिव सरुवा गरेको छ ।

अर्थ सचिवको जिम्मेवारीमा रहनुभएका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राजश्व सचिव रामेश्वर दङ्गाललाई अख्तियारमा सरुवा गरेको छ ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासैनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।