काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन उपाध्यक्ष पोखरेल आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो ।
उहाँले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुन ढाका प्रस्थान गर्नुभएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशन सकेर दुई दिनपछि स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।