काठमाडौं — मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनको मिति तय गरेको हो । प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ भन्दा पहिला नै राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएको थियो ।
उहाँले राष्ट्रिय सभाबाट राजीनामा दिनुभएपछि उक्त सिट रिक्त भएको थियो । सोही रिक्त सिटका लागि आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ २५ गते निर्वाचन गर्ने निर्णय गरिएको हो ।