साङ्केतिक तस्वीर

अर्घाखाँची – अर्घाखाँचीको शितगङ्गा नगरपालिका १४ हडाहामा बसले किचेर एक वद्धाको मृत्यु भएको छ । कपिलवस्तुबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो।

कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा गएराति उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।