काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।

आज गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज राति प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।