हेटौंडा — बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयहरुलाई सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार कार्यक्रम अनुदानका लागि आवेदन दिने समय थप गरेको छ ।
बागमती प्रदेश भित्रका इच्छुक सामुदायिक विद्यालयहरुले सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार अनुदान मध्ये कुनै एक कार्यक्रमको अनुदान प्राप्त गर्नक लागि आवेदन पेस गर्ने समय थप गरेको हो ।
इच्छुक सामुदायिक विद्यालयहरुले माघ २ गतेसम्म अनलाइन मार्फत आधिकारिक प्रमाण पत्रका आधारमा विवरण भरी पेस गर्नु सकिने निर्देशनालयले जनाएको छ ।