फाइल तस्वीर


काठमाडौं — राहदानी विभागले सिस्टममा प्राविधिक समस्या भएका कारण आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको जनाएको छ । सिस्टममा खराबी आएको भन्दै राहदानीसम्बन्धी सेवा अवरुद्ध भएको विभागले जनाएको हो ।

यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन अझै केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी गराउनु भयो । अर्को सूचना जारी नहुँदासम्म आजदेखि राहदानी लिन नआउन सम्बन्धित सबैलाई विभागले आग्रहसमेत गरेको छ ।

राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा माग्दै नियमित रुपमा रहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा उपस्थित हुन पनि विभागले आग्रह गरेको छ ।