काठमाडौं– मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यमा निर्वाचित शपथ लिन छुट्नुभएका दुई जना सांसद्हरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सांसदद्वय प्रेम आले र माया राईले आज मङ्गलबारमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

प्रतिनिधिसभा सदस्यमा डोटीबाट निर्वाचित नेकपा एकीकृत समाजवादीका सांसद् आले र नेपाली काङ्ग्रेसकी समानुपातिक सांसद् राईले पुस ७ गते विशेष परिस्थितिले शपथ लिन नमिले पनि आज उहाँहरुलाई शपथ ग्रहण गराइएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य माननीय पशुपतिशमशेर जबराले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा उहाँहरूलाई शपथ ग्रहण गराउनु भएको हो ।