फाइल फोटो

काठमाडौं – काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने भएको छ । आगामी सोमबार अर्थात् पुष २५ गते प्रतिनिधिसभाको पहिलो बैठक बस्ने तय भइसकेकोले प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने व्यवस्था मिलाउन सङ्घीय संसद सचिवालयमा पत्र दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको छ । यहि पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री दाहालले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज सोमबार सङ्घीय संसद सचिवालयलाई पुस २६ मा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गर्नुभएको हो ।