फाइल तस्वीर

काठमाडौं – अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको आलकन महाशाखाले गरेको छ ।

भोलि मङ्गलबार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।