पोखरा — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गर्नुभएको हो ।
समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको छ । त्यहाँ हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । पोखरा महानगरपालिकाले आज पालिकाभर सार्वजनिक बिदा दिएको छ ।