फाइल तस्वीर


दमौली — नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा काङ्ग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताउनु भएको छ । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसमा आज आयोजित कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

पुर्कोट कालिका क्याम्पसको १०औं साधारणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले ‘सत्ता नहुँदैमा निराश नहुन काङ्ग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले काङ्ग्रेसले अहिलेको जस्तो अवस्था विगतमा पनि सामना गरेको चर्चा गर्दै आगामी दिनमा काङ्ग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने दावी समेत गर्नुभयो ।