फाइल तस्वीर

काठमाडौं – आज पनि मौसममा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ । आज दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज तराईका केही ठाउँमा बाक्लो हुस्सु लागेकोले सवाई र सडक यातायात प्रभावित भएका छन् ।