काठमाडौं – नेपालका लागि चिनियाँ ’चार्ज डी अफेयर्स’ वाङ जिनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट वार्ता गरेका छन् । सीडीए वाङले प्रधानमन्त्रीलाई भेटेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङको बधाई सन्देश हस्तान्तरण गरेका हुन् ।
नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जीनले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चिनियाँ प्रधानमन्त्री लीको बधाई नोट हस्तान्तरण गरेको हो ।
सात दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका दाहाललाई पदमा नियुक्त भएकै दिन दुवै छिमेकी देश भारत र चीनले बधाई दिएका थिए ।