फाइल तस्वीर


काठमाडौं — रोजगारीको आकर्षणको केन्द्र बनेको कोरिया जाने कामदारको भिसा शुल्क बृृद्धि भएको छ । नेपालस्थित कोरियन राजदूतावासले २०२३ जनवरी १ तारिख देखि लागू हुने गरी कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत् दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढाएको हो ।

दूतावासले अहिलेसम्म सात हजार दुई सय रूपैयाँ भिसा शुल्क लिने गरेकोमा अबदेखि उक्त शुल्कमा छ सय रूपैयाँले बृद्धि गरी सात हजार आठ सय रुपैयाँ पु¥याइएको छ ।

भिसा जारी गर्नु अघि आवश्यक पर्ने प्रक्रिया पुरा गर्न (सीसीभीआई) को लागि व्यक्ति आपैंm नै ईपीएस कार्यालयमा उपस्थित भई सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था रहेको छ । कोरिया जाने कामदारहरुले अबदेखि उक्त फाराम भर्दा भिसा शुल्क वापत सात हजार आठ सय रूपैयाँ बुझाउनुपर्ने कोरियन ईपीएस शाखाले जनाएको छ । यसअघि नै सीसीभीआई फारम बुझाई सकेका तथा भिसा जारी हुन नसकेका व्यक्तिहरूले समेत थप शुल्क बुझाउनुपर्ने भएकोछ ।

यसअघि सीसीभीआई फारम बुझाई सकेका व्यक्तिहरूले समेत भिसा जारी हुनका लागि नेपालस्थित कोरियन राजदूतावासमा सन् २०२३ जनवरी १ तारिखपछि मात्रै जाने भएकाले थप छ सय रूपैयाँ बुझाउन कार्यालयले अनुरोध गरेको छ ।