तमू ल्होछार कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रमको टुँडिखेल पुगेर उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड गुरुङ समुदायले नयाँ वर्षको रुपमा हरेक वर्ष मनाउने तमू ल्होछार कार्यक्रम उद्घाटन गर्नुभएको हो ।


तमू ल्होछारको अवसरमा तमू ह्युल छौंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंद्वारा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सरिक हुनुभएको हो । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डलाई गुरुङ समुदायको पहिरन लगाइदिएर स्वागत गरिएको थियो ।

पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै हरेक वर्ष गुरुङ समुदायले तमू ल्होछार हर्षेल्लासका साथ मनाउँने गर्दछन् । बाघ वर्गको बिदाइ र बिरालो वर्षको स्वागत गरी नयाँ वर्ष (ल्होछार) मनाइने गरिन्छ ।