धनगढी– सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अछाम जिल्लाबाट निर्वाचित मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ खुवाउनु भएको हो ।
प्रदेशसभाका जेष्ठ सदस्य जोशीले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराउनु भएको थियो ।

प्रदेशसभाका सभामुख चयन नहुँदा प्रदेशसभाको बैठक जेष्ठ सदस्यले प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने कानूनी व्यवस्था छ । प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।

सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेलसम्म कार्यवाहक सभामुख भएर बैठकको अध्यक्षता तथा सञ्चालन रावलले नै गर्नुहुनेछ ।