साङ्केतिक तस्वीर


काठमाडौं — लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । वरिष्ठ पत्रकार श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।

पाल्पा जिल्लाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस) मा रही मुलुकको पत्रकारिता क्षेत्रमा झण्डै तीन दशक लामो समय सेवा गर्नुभएका श्रैष्ठको आज ७९ वर्षको उमेरमा निधन भएको हो ।

उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । पत्रकार श्रेष्ठको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।