फाइल तस्वीर


काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीबीच आज शुक्रबार बिहान छलफल भेटवार्ता भएको छ । बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटघाटका क्रममा सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका महत्वपूर्ण विषयमा छलफल भएको छ । दुई शीर्ष नेताहरुबीच न्यूनतम साझा कार्यक्रमका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनको बिहीबार बसेको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । हिजो बिहीबार बसेको गठबन्धनको बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने निर्णयसमेत गरेको थियो । उच्चस्तरीय संयन्त्रका संयोजक