फाइल तस्वीर

हेटौंडा – बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका १०९ सदस्यहरूलाई आज दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने हुनुभएको छ ।