काठमाडौं– जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन हुनुभएको छ । दलको नेता चयनका लागि आज बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गर्नुभएको हो ।

जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकाङ्क्षी हुनुहुन्थ्यो । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाउनुभएको हो । १२ सांसद् रहेको जसपामा अशोक राईको पक्षमा पाँच जना र सातजना उपेन्द्र यादव पक्षका थिए । दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहने राईको चाहना पूरा हुन अध्यक्ष यादवले दिएनन् ।
संसदीय दलको नेता चयन भएसँगै जसपा सरकारमा जाने र नजानेबारे छलफल गर्न पुस १८ र १९ गते बैठक बोलाएको छ ।