काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी –जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गर्नुभएको छ । यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।