काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन तालिकाअनुसार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ ।
आज मध्यान्ह १२:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ । त्यसपछि दिउँसो २:३० देखि ३:३० बजेसम्म अन्तिम परिणाम घोषणा हुने बताइएको छ ।
जसपामा मिथिलेशकुमार सिंहको संयोजकत्वमा रहेको तीन सदस्यीय निर्वाचन समितिले मतपरिणाम आजै सार्वजनिक गर्ने बताएको छ । जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन् । प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् ।