काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । पार्टी अध्यक्ष ओलीले आज बिहान आफ्नो निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिनुभएको हो ।

एमालेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरू दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई ओली निवास बालकोट पुग्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी रहेका छन् ।