बझाङ – बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । जिल्लाको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

सोमबार साँझ करिब ८ बजेको समयमा ट्र्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ स्थायी ठेगाना भएका चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् ।

झोलुङ्गे पुलका सामान लिएर गएको से२त २३४३ नं को उक्त ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।