फाइल तस्वीर


काठमाडौं – आज मङ्गलबार देशको मौससमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि तराईमा बाक्लो हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ ।

प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ । भोलि बुधबार प्रदेश नम्बर १, बागमती र गण्डकीका पहाडीको मौसममा आंशिक बदलीको सम्भावना रहेको छ । उक्तदिन प्रदेश नम्बर १ को हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।