काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिपरिषद्मा तीन जनालाई उपप्रधानमन्त्री बनाउनुभएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारी दिइएको छ ।
तीनैजना उपप्रधानमन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । बाँकी मन्त्रालयहरु सबै प्रधानमन्त्री प्रचण्डले आफूसँग राख्नुभएको छ ।