नवनियुक्त प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीर


काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केहीबेर पछि राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिंदै हुनुहुन्छ । उहाँसँगै नवगठित सरकारका तीन जना उपप्रधानमन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिनु हुने भएको छ । सरकारमा सहभागि हुने दलहरुको साझा मोर्चा सत्ता गठबन्धनको केहीबेर अघि नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले सपथ लिने सहमति भएको बताइएको छ ।

नवगठित सरकारका तीन उपप्रधानमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले उपप्रधान तथा परराष्ट्रमन्त्री, गठबन्धनकै तेस्रो ठूलो दल रास्वपाका अध्यक्षसमेत रहेका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी लिने सहमति भएको छ । उहाँहरु लगायत केही मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी रहेको छ ।