फाइल तस्वीर


काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री भएलगतै सरकारी निवास बालुवाटारमा सर्नुपर्ने भएकोपछि प्रधानमन्त्री प्रचण्डले सचिवालयमार्फत् त्यहाँ कुनै भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लका अनुसार कुनैपनि नयाँ तथा भड्किलो सर सामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत् उहाँको निवास व्यवस्थापन शाखालाई उक्त निर्देशन दिनुभएको मल्लले सचिवालयले जनाएको छ ।