फाइल तस्वीर

काठमाडौं – नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र जनमत पार्टीको सहभागीता रहेको छ ।

उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । देशको बागडोर सम्हाल्नका लागि तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।