फाइल तस्वीर
काठमाडौं – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवास छाडेर बुढानिलकण्ठस्थित निजी निवास जान लाग्नुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष रहनुभएका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै हुनुहुन्छ । उहाँको शपथ ग्रहण अगावै निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटारस्थित निवास छाड्ने बताइएको छ ।